शिखर इन्स्योरेन्सको च्याटबटमा आकर्षण बढ्दो, कस्ता सुविधा लिन सकिन्छ ?

2021-02-24
शिखर इन्स्योरेन्सको च्याटबटमा आकर्षण बढ्दो, कस्ता सुविधा लिन सकिन्छ ?

काठमाडौं । डिजिटल इन्स्योरेन्समा उचाइ चुम्न सफल शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबट मार्फत सेवा लिन चाहने ग्राहकहरुको संख्या दैनिक बढ्न थालेको छ । सम्पूर्ण बीमा क्षेत्रमा नै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबट प्रयोग गरेर आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन थालेको शिखर इन्स्योरेन्सले बीमा गर्नका लागि अफिससम्म पुग्ने समय नभएका र प्रविधिको दायरालाई बीमा क्षेत्र मार्फत बढाउन सकिने सम्भावना र आवश्यकता महसुस गरि सुरु गरेको च्याटबट नयाँ माध्यम हो ।  

आजभोलि अधिकांशको हातमा एन्ड्रोइड मोबाइल हुने भएकाले घरमा होस् वा अफिस आफूलाई पायक पर्ने र नेटवर्कको सुविधा भएको कुनैपनि ठाउँबाट च्याटबट मार्फत शिखर इन्स्योरेन्समा उपलब्ध पोलिसिहरुको सेवा लिन सकिने भएको छ । यसकोे लागि फेस वुक मेसेन्जरमा लग इन गर्नुपर्ने हुन्छ भने भाइवरमा कम्पनीको क्युआर कोड स्क्यान गर्नुपर्छ । इन्टरनेटको पहुँच भएका ग्राहकहरुका लागि यो सुविधा अत्यन्तै सहयोगि र प्रभावकारी देखिएको छ । 

ग्राहकहरुले आफूले लिन चाहेको बीमा सेवाका बारेमा च्याटबट मार्फत जानकारी मात्र गराएमा शिखर इन्स्योरेन्सको सम्बन्धित निकायले तुरुन्तै ग्राहकसँग कुरा गर्नेछन् । ग्राहकले आफ्ना कुरा सरल तथा सहजै राख्न सक्छन् । च्याटबटका कारण ग्रहाकहरुको समयको बचत हुनुको साथै महामारीका बेला स्वास्थ्य सुरक्षामा आइपर्ने चुनौतिसँग पनि जुँध्न नपर्ने कम्पनीले जनाएको छ । च्याबट मार्फत शिखर इन्स्योरेन्सको कुनैपनी सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएको छ ।

कोभिडको कारणले सम्पूर्ण विश्व नै प्रभावित भइरहेको अवस्थामा च्याटबटको सेवा आपतकालिन र सहजताका लागि ग्रहाकहरुले घरमै बसी सुरक्षित तवरले बीमा सेवाहरु लिन सक्छन् । गा्रहकरुले च्याटबटका माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नविकरण, बीमा सम्पुष्टी, केवाईसी अपडेट जस्ता सेवाहरु लिन सक्छन् ।

साथै बीमाका ग्राहकहरुले च्याटबटमा आफ्ना सुझावहरु समेत दिन सक्छन् । यसका साथै अन्य सुविधाहरु समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्रहाकहरुले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाउने कम्पनीले जनाएको छ । हाल शिखर इन्स्योरेन्सले आफ्ना १०३ शाखाबाट २२ भन्दा बढी बीमाहरुको सेवा विस्तार गर्दे आइरहेको छ। 
         

 

 

 


Share this with your friends: