श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सञ्चालकमा जोशी नियुक्त

2021-10-04
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सञ्चालकमा जोशी नियुक्त

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा दिनेश राज जोशी नियुक्त भएका छन् । 

कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

जोशीलाई संस्थापक सेयरधनीका तर्फबाट रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । 


Share this with your friends: