श्वेत गंगा हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

2021-07-28
श्वेत गंगा हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो । 

बैठकले आगामी साउन २८ गते काठमाण्डौ धुम्बाराहीमा रहेको अकामा होटलमा अपरान्ह १ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त विशेष सभामा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै आईपीओ तथा सो निष्कासनबाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धि वित्तीय योजना तथा रणनितीहरु निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

सभामा कम्पनीको आईपीओ निष्कासनका सम्बन्धमा नियमनकारी निकायको निर्देशन बमोजिमका कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।   


Share this with your friends: