संक्रमण बढ्न थालेपछि कोरोना बीमा गर्नेको लहर, दुई सातामै ५३ हजार सहभागी

2020-08-09
संक्रमण बढ्न थालेपछि कोरोना बीमा गर्नेको लहर, दुई सातामै ५३ हजार सहभागी

काठमाण्डौ । बीमा समितिले ल्याएको ‘कोरोना बीमा’ मा उल्लेख्य सहभागिता देखिएको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस र यसले जनजीवन असुुरक्षित भइरहेकोले पनि ‘कोरोना बीमा’ योजनामा सहभागी हुने संख्या बढ्दै गइरहेको बीमा समितिका प्रवक्ता निर्मल अधिकारी बताउँछन्। उनका अनुुसार हालसम्म ५२ हजार ९०० जनाले कोरोना बीमा गरेका छन्। 

कोरोना बीमाबापत २ करोड ८५ लाख रुपैयाँ प्रिमियम रकम संकलन भइसकेको अधिकारीले जानकारी दिए। 

कोरोना बीमामा ५० हजार र १ लाख रुपैयाँ गरी दुुई किसिमको विशेष कोरोना बीमा पोलिसी रहेका छन्। व्यक्तिगततर्फ १ लाख बीमांक रकमको १ हजार र ५० हजार बीमांकको ५०० रुपैयाँ प्रिमिमय तिर्नुुपर्ने समितिले जनाएको छ। 

समितिका अनुुसार पारिवारिकतर्फ १ लाख बीमांक रकममा परिवारको प्रतिसदस्य ६०० रुपैयाँ र ५० हजार बीमांकको भने प्रतिसदस्य ३०० रुपैयाँमा कोरोना बीमा गर्न सकिन्छ।

 


Share this with your friends: