सन नेपाल लाइफद्वारा मृत्यु दाबी रकम भुक्तानी

2021-01-19
सन नेपाल लाइफद्वारा मृत्यु दाबी रकम भुक्तानी

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीको धनगढी शाखाले गत माघ ५ गते मृतक बीमित दुर्गा कुमारी भण्डारीको परिवारलाई रु. १३ लाख मृत्यु दाबी भुक्तानी गरेको हो। 

वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेकी मृतक भण्डारीका पति नारायण प्रसाद पराजुलीलाई सन् नेपाल लाइफ धनगढीका शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले दाबी भुक्तानी प्रदान गरेका हुन्। कम्पनीले मृत्यु लाभ, किरीया खर्च र आय नोक्सानी बापत १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ। सन् २०२० मे १ गतेका दिन मृत्युवरण गरेकि स्व. दुर्गा कुमारी भण्डारीले रु. १० लाखको वैदेशिक रोजगार म्यादी जीवन बीमा गराएकी थिइन्। 

 


Share this with your friends: