सन नेपाल लाइफको वार्षिक साधारण सभा सम्पन्न, आईपीओ निष्कासनको प्रस्ताव पारित

2021-08-09
सन नेपाल लाइफको वार्षिक साधारण सभा सम्पन्न, आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज(साउन २५ गते) सम्पन्न भएको हो । 

कम्पनीको वार्षिक साधारण सभा आज कमलादीमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा दिउँसो ३ बजे भर्चअलमाध्यम बाट सम्पन्न भएको हो । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको थियो । 

उक्त सभामा कम्पनीको आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिएको छ । यस्तैसञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। यस्तै लेखापरीक्षण प्रतिवेदन सहित आ.व २०७५/७६ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७६/७७ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ।


Share this with your friends: