सन नेपाल लाइफ ५ औँ वर्षमा प्रवेश, प्रभावकारी ढंगले जीवन बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

2021-09-22
सन नेपाल लाइफ ५ औँ वर्षमा प्रवेश, प्रभावकारी ढंगले जीवन बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाचौँ वर्षमा प्रवेश गरेको छ । वि.स २०७४ साल असोज ६ गतेबाट बीमा व्यवसाय सुरु गरेको कम्पनीले चार वर्ष सफलतापूर्वक पार गर्दै पाचौँ वर्षमा प्रवेश गरेको हो । 
 
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, कम्पनी ऐन २०६३ अन्तर्गत बीमा समितिबाट जीवन बीमा ब्यवसाय गर्न इजाजत पत्र प्राप्त गरी २०७४ आश्विनमा स्थापना भएको बीमा कम्पनी हो । जीवन बीमा ब्यवसायमा छोटो समयमा अग्रणी बीमा कम्पनीको रुपमा स्थापित कम्पनीको रुपमा परिचय दिन सफल भएको छ । 
 
कम्पनीको अधिकृत पूँजी २०० करोड रहेकोमा संस्थापक शेयरधनीहरुबाट १४० करोड चुक्ता भइसकेको छ भने बाँकी ६० निकट भविष्यमा सर्वसाधारणको लागि शेयर निष्काशन गरी पूँजीकृत गर्ने कम्पनीको योजना रहेको छ । 
 
आईपीओ निष्कासनको प्रस्ताव कम्पनीको गत साउन २५ गते बसेको वार्षिक साधारण सभाबाट पारित भईसकेको छ । 
 
कम्पनीले देशभर रहेका आफ्ना २० वटा शाखा कार्यालयमार्फत बीमा सेवा प्रदान गरिरहेको छ । नेपाली समाजको बदलिदो आवश्यकतालाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरुलाई वित्तीय सुरक्षाको प्रत्याभूति दिदै नयाँ–नयाँ बीमा योजनाहरु पस्कने लक्ष्य लिएको कम्पनीले देशैभर आफ्नो सञ्जाल विस्तार गर्ने योजना बनाएको छ । 
 
कम्पनी सन लाइफ सावधिक जीवन बीमा योजना, नबीन आजीवन जीवन बीमा, सार्थक आजीवन जीवन बीमा, भाग्योदय जीवन बीमा, बाल समृद्ध सावधिक जीवन बीमा योजना, धनधान्य अग्रिम भुक्तानी सावधिक जीवन बीमा, सामूहिक म्यादी जीवन बीमा योजना, नबिकरण म्यादी जीवन बीमा योजना, धनलक्ष्मी अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना, नबिकरण म्यादी तथा घातक रोग सुरक्षा, म्यादी लघु जिवान बिमा योजना र सन लाइफ सावधिक सुनौला जीवन बीमा योजना गरी १३ वटा जीवन बीमा योजना बिक्री गरिरहेको छ । 
 
आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा कम्पनीले छोटो समयमा व्यवसायिक उपलब्धि हासिल गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सघाउने सबैलाई धन्यवाद दिदैँ आगामी दिनहरुमा अझै प्रभावकारी किसिमले जीवन बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता जाहेर गरेको छ । 

Share this with your friends: