सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2021-05-11
सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विराटनगर शाखाले कटहरी गाउँ पालिका वडा नं.०४ मधुरा मोरंगका  हेम नारायण साहको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । मृतक साहले २ बर्ष अघि सन नेपाल लाइफमा १५ वर्ष अबधिको लागि ५ लाख रुपैयाँको सन लाइफ सावधिक जीबन बीमा गरेका थिए ।

विरामीका कारण उनको गत फागुन ५ गते घरमै मृत्यु भएको थियो । कम्पनीका विराटनगर शाखा प्रमुख बेदकुमार खत्रीको उपस्थितिमा कटहरी गाउँ पालिकाका अध्यक्ष राम कुमार कामत तथा उपाध्यक्ष मंजिता सरदार ज्यूद्वारा मृतक स्वर्गिय हेम नारायण साहकी श्रीमती पुनम कुमारी सोनारलाई पाँच लाख पैतिस हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

उक्त कार्यक्रम सिनियर अभिकर्ता राधे कामतले संचालन गरेका थिए । 


Share this with your friends: