सन नेपाल लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

2021-07-19
सन नेपाल लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी साउन २५ गते सोमबारका दिन कमलादीमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा दिउँसो ३ बजे भर्चअलमाध्यम बाट सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तैसञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षण प्रतिवेदन सहित आ.व २०७५/७६ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ।व २०७६/७७ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 


Share this with your friends: