सबैको लघुवित्तको सीईओमा पौडेल पुनः नियुक्त

2021-05-07
सबैको लघुवित्तको सीईओमा पौडेल पुनः नियुक्त

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत(सीईओमा) केशव कुमार पौडेल पुनः नियुक्त भएका छन् । संस्थाको वैशाख २४ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीइैओमा पुन नियुक्त गर्ने निर्णय गरेको हो । 

बैठकले उनलाई जेठ ०१ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । पौडेलको कार्यकाल आगामी वैशाख ३१ गते सकिन लागेकाले संस्थाको सीईओमा उनलाई नै निरन्तरता दिने निर्णय गरिएको संस्थाले जनाएको छ । 


Share this with your friends: