सरकारको कोरोना उपचारका कोषमा नेशनल लाइफद्वारा रु. ५१ लाख प्रदान

2020-08-09
सरकारको कोरोना उपचारका कोषमा नेशनल लाइफद्वारा रु. ५१ लाख प्रदान

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनील लिमीटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.५१ लाख (रु. एकाउन्न लाख) प्रदान गरेको छ।

शुक्रबार कम्पनीको संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई  उपरोक्त रकम बराबरको चेक प्रदान गरेकी हुन् ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं कम्पनीको संचालक समितिको सदस्य भवानी राणा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको पनि उपस्थिति थियो । 

कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ । अहिले गरिएको सहयोगबाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ । 


Share this with your friends: