काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुदैँछ । कम्पनीको विशेष साधारण सभा तीनकुनेमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा आयोजना हन लागेको हो ।
कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको थियो।
उक्त सभामा आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट हालको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस सेयर र १.००६ प्रतिशत नगद लाभांस गरी कुल २०.१२४ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांसमा १९.११८ प्रतिशतले हुन आउने ६५ लाख कित्ता बोनस सेयर र १.००६ प्रतिशतले हुन आउने ३ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्।
यस्तै सभामा कम्पनीको हालको जारी तथा चुक्तापूँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण सेयरधनीबीचको पूँजीको अनुपात मिलान गर्ने प्रस्ताव पारित गरिनेछ। सभामा लभांस वितरण तथा जारी तथा चुक्तापूँजी वृद्धि गर्ने व्यवस्थाअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने र प्रस्तावित संसोधनमा सम्बन्धित निकायको आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
कम्पनी आईपीओ निष्कासनको तयारीमा रहेको छ । कम्पनीको गत माघ ६ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाले बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।