साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामीमा

2022-04-27
 साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(वैशाख १४ गते)देखि ४५ हजार ९४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । 

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्। विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई लिलामीको सूचना प्रकाशित गरी  ३५ दिनको समय दिइएकाले संस्थापक सेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको बैंकले जनाएको छ। 

सेयरको न्यूनतम मूल्य प्रति सेयर १८५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले  एनआईसी एशयिा क्यापिटल लिमिटेड बबरमहल काठमाण्डौमा आगामी वैशाख २२ गतेसम्म आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: