साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

2022-05-22
साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापकह सेयरधनी एशियन डिष्ट्रिब्युटर्सको नाममा रहेको ५३ हजार ०५४ कित्ता,ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा रहेको २२ हजार ३३८ र सुधन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४ कित्ता गरी कुल १ लाख ८० हजार ८६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक सञ्चालकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र नेपाल लाइफको केन्द्रिय कार्यालय कमलादीमा निवेदन पेस गर्नुपर्नेछ । 

निर्धारित समय सिमाभित्र कुनै निवेदन पेस नभएमा कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।   


Share this with your friends: