सानिमा माई हाइड्रो र मुक्तिनाथ विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2020-12-27
सानिमा माई हाइड्रो र मुक्तिनाथ विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा माई हाइड्रो र मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सानिमा माईहाइड्रोले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १५ प्रतिशत लाभांस र मुक्तिनाथ विकास बैंकले प्रस्ताव गरेको १५.५१ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

सानिमा माई हाइड्रोले पुस १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य ठहरिनेछन्। कम्पनीको गत मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। यो लाभांस कम्पनीको आउँदो पुस २३ गते बस्ने वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

त्यस्तै मुक्तिनाथ विकास बैंक लिमिटेडले पनि पुस १३ देखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीले मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्नेछन्। बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि ११.२५ प्रतिशत बोनस सेयर र ४.२६ प्रतिशत नगद लाभांस गरी कुल १५.५१ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस बैंकको नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आउँदो पुस २५ गते आयोजना हुने वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गपिरनेछ।     

 


Share this with your friends: