सानिमा जनरलको सेयर कारोबार भोलिदेखि

2020-11-03
सानिमा जनरलको सेयर कारोबार भोलिदेखि

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा भोलि(बुधबार)देखि हुने भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबार सानिमा जनरल इन्स्योरेन्सको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको १ करोड कित्ता साधारणस सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण भएको छ। नेप्सेमा सूचीकरण भएको दोस्रो दिनदेखि कुनै पनि कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा कारोबार हुने प्रावधान अनुरुप सानिमा जनरलको सेयर कारोबारमा आउने भएको हो। 

कारोबारका लागि सानिमा जनरलले नेप्सेबाट “एसजीआई” कोड प्राप्त गरेको छ। कम्पनीको ओपनिङ रेन्ज १०३।७३ देखि ३११।१९ रुपैयाँसम्म प्रदान गरिने भएको छ। 

भोलि स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा सानिमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जमा भएको खण्डमा नियमित समय (बिहान ११ देखि दिउँसो ३ बजे) मा कारोबार हुनेछ।

कम्पनीले गत असोज २१ गतेदेखि असोज २५ गतेसम्म ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता निश्कासन गरेकोमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुटयाइएको थियो। बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणका लागि छुट्याइएको थियो।  
 


Share this with your friends: