सानिमा लाइफद्वारा रु.१० लाख ३५ हजार मृत्यु दाबी भुक्तानी

2021-07-04
सानिमा लाइफद्वारा रु.१० लाख ३५ हजार मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विरगंज शाखाले कोरोना को कारण मृत्यु भएका वीरगंज महानगरपालिकाको वडा न. १३ अशोकबाटिका निवासी ५३ बर्षिय सुनिता श्रीवास्तवको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतक श्रीवास्तवको परिवारलाई मृत्यु दाबी बापतको १० लाख ३५  हजार रुपियाँ भुक्तानी गरेको हो । 

कम्पनीका वीरगञ्ज शाखाका शाखा प्रमुख नविन रसुल अन्सारीले मृतकको परिवारको घरमै पुगी उनका छोरा राहुल श्रीवास्तवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

सुनिताले सानिमा इन्स्योरेन्स कम्पनीको वीरगञ्ज शाखामा २०७७ कार्तिक १ गते १० लाखको बीवन बीमा गराएकी थिइन । उनले बीमा गरेको प्रथम किस्ता वापतको ६७ हजार ३ सय ७९ मात्र भुक्तानी गरेकी थिइन ।

कोरोना संक्रमणले २०७८ बैशाख २३ गते उनको मृत्यु भए पश्चात बीमाङक रकम १० लाख र बोनश ३५ हजार थप गरी कुल १० लाख ३५ हजारको चेक उनको परिवारलाई दिएको हो ।


Share this with your friends: