काठमाण्डौ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई माघ १२ गतेदेखि लागूू हुने गरी सीईओमा नियुक्त गरिएको हो । हाल उनी बैंकमा नायब प्रमुख कार्यकारीको रुपमा कार्यरत छन् ।
बैंकका वर्तमान सीईओ भुवनकुमार दाहालको कार्यकाल आगामी माघ ११ गते समाप्त हुँदैछ ।