सारथि नेपाल लघुवित्तको नाम परिवर्तन

2021-07-21
सारथि नेपाल लघुवित्तको नाम परिवर्तन

काठमाण्डौ । सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ । नयाँ नेपाल लघुवित्त र सारथि लघुवित्त वित्तीय संस्था एक आपसमा गभिएर बनेको सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको हो । 

नाम परिवर्तन गर्दै कम्पनीको नयाँ नाम ‘नयाँ सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’ राखिएको छ ।  

संस्थालाई नेपाल राष्ट्र बैंकको निर्देशन तथा कम्पनी रजिष्ट्रारको कार्यालयको गत असार २९ गतेको पत्रबाट स्वीकृति प्राप्त भएको थियो । 

संस्थाको चल अचल सम्पत्ति तथा तिर्नुपर्ने कर दायित्व सकार गर्ने जिम्मेवारीका साथ संस्थाको नाम परिवर्तन गरिएको हो । संस्थाको प्रधान कार्यालय धुलिखेल ३ काभ्रेपलान्चोकमा रहेको छ ।  


Share this with your friends: