सिटिजन लाइफ चौथो वर्षमा प्रवेश, उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता

2020-10-18
सिटिजन लाइफ चौथो वर्षमा प्रवेश, उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चौथो वर्षमा प्रवेश गरेको छ। बि.स २०७४ साल कात्तिक २ गतेबाट सञ्चालनमा आएको कम्पनीले आज चौथो वार्षिकोत्सव मनाएको हो। 

चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले लोगोको प्रतिक नयाँ मस्कट समेत सार्वजनिक गरेको छ। कम्पनीले चारवर्षको यो यात्राको दौरान सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरु जस्तै बीमा समिति, अभिकर्ता, बीमित र कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेको छ। यस्तै स्थापना तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले आगामी दिनमा बीमामा जनचेतना अभियानमार्फत व्यवसाय बृद्धि गर्ने, बीमाको पहुँच बृद्धि गर्न योगदान पुर्याउने, दीर्घकालिन रुपमा बीमा व्यवसायमा ध्यान दिने प्रतिबद्धता जनाएको छ ।

यसका साथै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ। 

यसका साथै कम्पनीले राष्ट्रिय पर्व विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपालीहरुलाई हार्दिक मङ्गलमय शुभकामना समेत व्यक्त गरेको छ ।

 


Share this with your friends: