सिटिजन बैंक र सिर्जना फाइनान्सको विशेष साधारण सभा आज

2021-06-10
सिटिजन बैंक र सिर्जना फाइनान्सको विशेष साधारण सभा आज

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल र सिर्जना फाइनान्सको विशेष साधारण सभा आज आयोजना हुन गईरहेको छ। बैंक र फाइनान्सको गत जेठ ११  गते बसेको सञ्चालक समितिको बैठकहरुले विशेष साधारण सभा डाकेका थिए। 


उक्त सभामा बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै प्राप्ति प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त सिर्जना फाइनान्सको चल÷अचल सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन प्राप्तिपश्चातका व्यवसायिक अवसरहरु, सम्पत्ति एवम दायित्वको बजारमूल्य र वर्तमान जोखिमका आधारमा सिर्जना फाइनान्सको १०० कित्ता सेयरलाई बैंकको ९५ कित्ता सेयर दिने १ः०.९५ स्वाप रेसियो कायम गर्ने र सिजएना फाइनान्सलाई प्राव्ति गर्न स्वीकृती प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

यस्तै प्राप्ति सम्बन्धि भएका सम्पूर्ण सम्झैताहरुलाई अनुमोदन गर्ने र प्राप्ति प्रायोजनका लागि नियुक्त लेखापरीक्षकको नियुक्तीलाई पारित गरिनेछ। सभामा प्राप्तिपश्चात बैंकको जारी तथा चुक्तापूँजी १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार ११४ रुपैयाँ कायम हुने भएकाले सोहि बमोजिम बैंकको प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव पारित गरिनेछ। 


Share this with your friends: