सिटिजन बैंकद्वारा प्राप्ति प्रयोजनका लागि बुक क्लोज मिति तय

2021-06-30
सिटिजन बैंकद्वारा प्राप्ति प्रयोजनका लागि बुक  क्लोज मिति तय

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशन लिमिटेडले बुक  क्लोज मिति तय गरेको छ । बैंकले सिर्जना फाइनान्स लाई प्राप्ति गर्ने प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको हो । 

बैंकले प्राप्ति प्रयोजनका लागि आगामी असार २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंक र फाइनान्सको गत जेठ २७ गते बसेको विशेष साधारण सभाले प्रािप्तको एजेन्डा पारित गरेका थिए । 

सिर्जना फाइनान्सको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९५ कित्ता सेयर (१ः०.९५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ । 


Share this with your friends: