सिटिजन लाइफद्वारा नयाँ बोनस दर कायम, अधिकतम ७३ रुपैयाँसम्म प्रदान गरिने

2021-12-17
सिटिजन लाइफद्वारा नयाँ बोनस दर कायम, अधिकतम ७३ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम २५ रुपैयाँ देखि अधिकतम ७३ रुपैयाँसम्म बोनस प्रदान गर्ने घोषणा गरेको हो। 

कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १० देखि १४ वर्षका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४९ रुपैयाँ र २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ बोनस दर कायम गरेको छ। 

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ० देखि ९ वर्षका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६३ रुपैयाँ र ३० वा सो भन्दा माथिका लागि ७३ रुपैयाँको बोनस दर निर्धारण गरेको छ। 

कम्पनीले सिटिजन शुभारम्भ(सावधिक)योजना बीमालेख अन्तर्गत ० देखि ९ वर्षका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६० रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ। 
वार्षिक अग्रिम भुक्तानी बीमा योजना बीमालेख अन्तर्गत ० देखि ९ वर्षका लागि २५ रुपैयाँ, १० देखि १४ वर्षका लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३० रुपैयाँ र २० वा सो भन्दा माथिका लागि ३५ रुपैयाँ बोनस दर कायम गरेको छ। 

यस्तै कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ० देखि ९ वर्षका लागि ३७ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ४२ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ५७ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनस दर कायम गरेको छ। 

कम्पनीले यि बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू बीमालेखमा लागू हुने जनाएको छ। यस्तै कम्पनीले अर्को बीमांकीय मूल्यांकन प्रतिवेदन बमोजिक बीमा समितिबाट अर्को व्यवस्था स्विकृत नभएसम्म कम्पनीले भुक्तानी गर्ने सम्पूर्ण उल्लेखित दाबीहरुमा समेत सोहि अनुसारको बोनस दर कायम हुने जनाएको छ। 


Share this with your friends: