सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधासहित

2022-02-06
सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधासहित

काठमाण्डौ । ग्राहकलाई सरल तथा सुलभ सेवा पुर्याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै ग्राहकको व्यस्तता र सुविधालाई ध्यानमा राखी ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप थप सुविधासहित अपग्रेड गरी एपस्टोरमा उपलब्ध गरेको छ। 

आफ्ना ग्राहक र अभिकर्तालाई डिजिटल सेवा उपलब्ध गराउन यस एपले थप सहयोग गर्ने कम्पनीको विश्वास छ।

सिटिजन लाइफ इन्स्योरेन्स एपमार्फत ग्राहकले कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पूर्ण बीमा योजनाहरुको विस्तृत जानकारी, नेपालभरि रहेका सम्पूर्ण शाखा कार्यालयहरुका बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिबिधिहरुको जानकारी पनि लिन सक्नेछन्। 

इच्छुक ग्राहकले यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफूले इछ्याएको बीमा योजनाको बीमाशुल्क आफ्नो अवश्यकताअनुसारको बीमांक रकम र बीमाको समयावधिअनुसार आफैँ निकाल्न सक्नेछन्। सिटिजन लाइफ कम्पनीको अभिकर्ता बन्न इच्छुकहरुले पनि यस एपबाट आवेदन दिन सक्नेछन्। 

यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाका लागि यस एपमा इसेवा, फोनपे, कनेक्ट आईपीएसलगायतका डिजिटल बैंकिङ सुविधामार्पmत अनलाइन भुक्तानीको व्यवस्थासमेत मिलाएको छ। 

यस एपमा लग इन गरेर बीमितले आफ्नो बीमा योजना, कुल बीमांक रकम, आफूले अहिलेसम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सक्नेछन्। यसका साथै अभिकर्ताले पनि यस एपमा लग इन गरेर जीवन बीमा व्यवसाय तथा आफ्नो सम्पूर्ण कारोबारको जानकारी र ग्राहकको जानकारी पनि प्राप्त गर्न सक्नेछन्। 

सिटिजन लाइफ इन्स्योरेन्सको ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत अनलाइनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षहरुदेखि र हालसालै अनलाइन बीमा दाबी सेवा सञ्चालनमा रहेको छ। कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको छ। 

ग्राहक तथा अभिकर्तालाई कार्यालयसम्म आउनु पर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरीय बनाउँदै जाने क्रममा ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ।


Share this with your friends: