सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखा द्वारा लिडर्स सम्मान कार्यक्रम सम्पन्न

2022-02-27
सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखा द्वारा लिडर्स सम्मान कार्यक्रम सम्पन्न

पाल्पा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी  पाल्पा शाखाद्वारा एक कार्यक्रम  बिच  लिडर्सहरुलाई सम्मान गरेको छ । जीवन बीमा अभिकर्ता भइ उत्कृष्ट कार्य सम्पादन गर्दै  बीमा ब्यवसाय प्रबर्द्धनमा  योगदान गरेका पाल्पा शाखाका २५ जना  लिडर्सहरुलाई सम्मान पत्रका साथ खादा ओडाएर  सम्मान गरिएको शाखाले जनाएको छ  । 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल,  लघुबित्त इन्स्योरेन्स  बिभाग प्रमुख रिता पाठक, क्षेत्रीय शाखा प्रमुख दुर्गा राज ढकाल , तालिम बिभाग प्रमुख कुबेर पाठक, शाखा प्रमुख विजय कार्की   लगायतले लिडर्सहरुलाई सम्मान गर्नुभएको  हो।।

क्षेत्रिय शाखा प्रमुखको स्वागत र शाखा प्रुमुखको सञ्चालनमा सम्पन्न कार्यक्रममा विमा सम्बन्धी उत्प्रेरणामुलक प्रशिक्षण समेत दिइएको छ। कार्यक्रममा बोल्ने वक्ताहरुले सिटिजन लाइफ इन्स्योरेन्सले ल्याएका नविनतम सेवा र सुविधाले विमितहरुको आकर्षण बढेको बताउँदै विमाको नैतिकता र मापदण्डमा रहेर अभिकर्ताहरु ग्रामिण भेग केन्द्रीत भएर काम गर्नुपर्नेमा जोड दिईएको थियो ।

 


Share this with your friends: