सिटिजन लाइफको बीमित सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

2021-03-29
सिटिजन लाइफको बीमित सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवा एरिया अन्तर्गत रहेका भैरहवा शाखा र भलवारी शाखाद्धारा बुटवल—भैरहवाकोबीच सून्दर नगरी तिलोत्तमा नगरपालीका वडा नं.६ मा रहेको द हिडन प्यालेस होटलमा बीमित सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीले बीमा जागरण ल्याउन बीमितलाई सम्मानित गरेको थियो । 

कम्पनीका मध्य र मध्य—पश्चिम क्षेत्र प्रमुख सुनिल पोखरेलको आतिथ्यता, भैरहवा एरिया प्रमुख नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्ले, तौलिहवा शाखा प्रमुख सन्दिप लम्साल, रामपुर शाखा प्रमुख गेहेन्द्र पौडेल, ओमसतिया गाउपालिकाका अध्यक्ष हिरा केवट, माया देवी गाउपालिकाका वडाध्यक्ष राजेन्द्र यादव सहित १५० जनाको उपस्थितीमा ९५ वर्षका अग्रज समाजसेवी चिन्तामणी न्यौपानेको हातबाट बीमितहरुलाई सम्मान गरेकामे जनाएको छ ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा ठुलो रकमको बीमा गर्ने २१ जना बीमितहरुलाई उनीहरुको सम्पूर्ण परिवार सहित बीमित सम्मानका साथै भैरहवा एरियामा कार्यरत सम्पूर्ण भिआइपि लिडर्सहरुलाई क्षेत्र प्रमुख सूनिल पोखरेलले उत्कृष्ट तालिम र उत्प्रेरणा कार्यक्रम समेत गरिएको थियो ।


Share this with your friends: