सिटिजन लाइफको ‘सेयर एण्ड विन’ अभियान, सामसुङ ग्यालेक्सी ट्याब र अन्य धेरै आकर्षक उपहारहरु जित्ने अवसर

2021-04-28
सिटिजन लाइफको ‘सेयर एण्ड विन’ अभियान, सामसुङ ग्यालेक्सी ट्याब र अन्य धेरै आकर्षक उपहारहरु जित्ने अवसर

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा जागरण अभियान अन्तर्गत ‘सेयर एण्ड विन’ अभियान सञ्चालनमा ल्याएको छ। कम्पनीले सम्पूर्ण नेपालीहरुमाझ जीवन बीमाबारे सचेतना जगाउने लक्ष्यका साथ ‘सेयर एण्ड विन’ अभियान सञ्चालनमा ल्याएको जनाएको छ। 

कम्पनीले यो अभियान आज(वैशाख १५ गते)देखि आगामी साउन १५ गतेसम्म लागू हुने जनाएको छ। यो अभियानमा सहभागी भई सामसुङ ग्यालेक्सी ट्याब र अन्य धेरै आकर्षक उपहारहरु जित्न सकिने कम्पनीले जनाएको छ।

यो अभियानमा सहभागी भई कम्पनीको पोष्टहरु नियमित र अधिकतम संख्यामा सेयर गर्नेलाई पुरष्कृत गरिने छ। यस बीमा जागरण अभियानमा सबै जनाले सहभागी हुन सक्ने कम्पनीले जनाएको छ। यो अभियानमा सहभागी हुनका लागि निम्नअनुसार नियमहरु रहेका छन् ः

१. सिटिजन लाइफको फेसबुक पेज लाइक र फलो गर्नुपर्नेछ।
२. कम्पनीको पोष्टहरु नियमित रूपमा सेयर गर्नुपर्नेछ।
३.कम्पनीको सबै पोष्ट मान्य हुनेछन् र कुनै पनि मितिको हुनसक्छन् ।
४. प्रति दिन अधिकतम एउटा मात्र पोष्ट सेयर गर्न सकिन्छ।

५. अभियानको अन्तिम दिन अर्थात साउन १५ गते पछिको १ हप्ताको अवधिमा आफूले सेयर गरेको पोष्टको बारे फेसबुक मेसेन्जरमार्फत कम्पनीलाई जानकारी गराउनु पर्नेछ।

अभियान अवधिको अन्त्यसम्म अधिकतम पोष्ट सेयर गर्ने सहभागीले नयाँ सामसुङ ग्यालेक्सी ट्याब जित्नेछन्  र अन्य ४ विजेताहरुले अन्य आकर्षक उपहारहरु प्राप्त गर्नेछन्। 

 


Share this with your friends: