सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

2021-03-25
सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी १ अर्ब रुपैयाँको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३.७८९४ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७ सय ३६.८४ रुपैयाँ बराबरको नगद(कर प्रयोजनका लागि समेत) लाभांस रहेका छन्। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 

 


Share this with your friends: