सिद्धार्थ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरी महाशाखालाई मास्क र सेनिटाइजर प्रदान

2021-04-28
सिद्धार्थ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरी महाशाखालाई मास्क र सेनिटाइजर प्रदान

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई ५ हजार थान माक्स तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा उक्त परिमाणमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

यसबाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास कम्पनीले लिएको छ ।


Share this with your friends: