सिद्धार्थ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

2021-05-20
सिद्धार्थ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ५ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी जेठ २८ गते शुक्रबारका दिन बबरमहलमा रहेको कम्पनीको भवनमा भिडियो कन्फ्रेन्समार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९४ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी जेठ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ जेठ १३ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुने योग्य हुनेछन्।

 


Share this with your friends: