सिद्धार्थ इन्स्योरेन्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा, बोनस सेयर भने सूचीकरण पश्चात जम्मा गरिने

2021-06-17
सिद्धार्थ इन्स्योरेन्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा, बोनस सेयर भने सूचीकरण पश्चात जम्मा गरिने

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा पारित नगद लाभांस कम्पनीका सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । उक्त नगद लाभांस आज(असार ३ गते)देखि एनएबबि क्यापिटल लिमिटेड नागपोखरी काठमाण्डौबाट सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा÷भुक्तानी गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

यसका साथै साधारण सभाबाट पारित १२ प्रतिशत बोनस सेयर सूुचिकरण भएपश्चात सम्बन्धित सेयरधनीहरुको खातामा जम्मा गरिने कम्पनीले सूचना जारी गर्दै जनाएको छ । 

साधारण सभा प्रयोजनका लागि बुक क्लोज भएको मितिसम्ममा कायम रहेका सेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांसको वापतको रकम सोहि खातामा जम्मा गर्ने व्यवस्था गरिएको र बैंक खातामा नगद लाभांस जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमअनुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीहरुले नै व्यहोर्नु पर्ने कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीको गत जेठ २८ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिद्वारा प्रस्तावित १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९४ प्रतिशत लाभांस वितरणको प्रस्ताव अनुुमोदन गरेको थियो । 


Share this with your friends: