सिद्धार्थ इन्स्योरेन्सद्वारा आगलागीबाट भएको क्षतिबापतको रु.२.६० करोड दाबी भुक्तानी

2022-02-28
सिद्धार्थ इन्स्योरेन्सद्वारा आगलागीबाट भएको क्षतिबापतको रु.२.६० करोड दाबी भुक्तानी

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आगलागीबाट भएको क्षतिबापतको दाबी भुक्तानी गरेको छ। 

सोलखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा रहेको पिस फुल लजमा गत असोज २ गते आगलागीबाट भएको क्षतिबापतको बीमा रकम रु. २ करोड ६० लाखको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले लजका सञ्चालक कुसाङ शेर्पालाई हस्तान्तरण गरेका हुन्। २०७२ सालको भूकम्पबाट भएको क्षतिबापत समेत सल्लेरी र नाम्चे क्षेत्रका बीमितहरुलाई उल्लेख्य रकम दाबीबापत भुक्तानी भएको थियो। 

चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म कम्पनीले ६०९७ वटा दाबी फर्छ्यौट भई रु।७३ करोड ६६ लाख ९७ हजार तथा अग्रिम दाबीबापत विभिन्न दाबीकर्तालाई रु. ८ करोड ५० लाख भुक्तानी गरी जम्मा रु। ८२ करोड १६ लाख ९७ हजार भुक्तानी गरेको छ। फर्छ्यौट गर्न बाँकी दाबीको संख्या ३८४१ ९कोरोना दाबीवाहेक० रहेको कम्पनीले जनाएको छ। सोबापत भुक्तानी गर्नु पर्ने रकमं रु।१ अर्ब ४१ करोड ४३ लाख ६४ हजार रहेको छ। 

छिटोछरितो दाबी फर्छ्र्यौट गर्ने कम्पनीको लक्ष्यअनुरुप बाँकी रहेका दाबी यथाशीघ्र फर्छ्यौट गरी दावी रकम भुक्तानी गर्न कम्पनी क्रियाशिल रहेको हँुदा बीमा दाबी गर्नु हुने सम्पूर्ण बीमितहरुले दाबीसँग सम्वन्धित कागजातहरु सर्भेयर वा कम्पनीमा बुझाई  दाबी फर्छ्यौट कार्यमा सहयोग गर्न कम्पनीले आग्रह गरेको छ। 


Share this with your friends: