सिद्धार्थ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

2022-03-23
सिद्धार्थ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी चैत २० गते बुधबारका दिन भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान १०.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने÷गाभिने वा प्राप्ति कार्यका लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी चैत १७ बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ चैत १६ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुने योग्य हुनेछन्।


Share this with your friends: