सिर्जना फाइनान्सलाई प्राप्ति गरेको सिटिजन बैंकको एकिकृत कारोबार असार २६ देखि

2021-07-02
सिर्जना फाइनान्सलाई प्राप्ति गरेको सिटिजन बैंकको एकिकृत कारोबार असार २६ देखि

काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको एकिकृत कारोबार आगामी असार २६ गतेदेखि हुने भएको छ। 

सटिजन बैंक इन्टरनेशनलले  सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव दुवै वित्तीय संस्थाको गत जेठ २७ गते अलग अलग बसेको विशेष साधारण सभाल पारित गरेको थियो ।  साधारण सभाबाट पारित भएको विशेष प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो। यसपश्चात कम्पनीको रजिष्ट्रारको कार्यालयले गत असार १७ गते दुई संस्थाबीच भएको प्राप्ति सम्झौतालाई स्वीकृती प्रदान गरेको थियो। 

आगामी असार २६ गतेदेखि दुवै वित्तीय संस्थाको एकीकृत कोरोबार सुरु गरिने हुदाँ डेटा माइग्रेसन प्रयोजनका लागि असार २५ बेलुका ५ बजेदेखि असार २६गतेसम्म दुवै स.स्थाले प्रदान गर्दै आएका सम्पूर्ण बैंकिङ कारोबार बन्द राख्ने जनाएका छन्।    


Share this with your friends: