स्वावलम्बन लघुवित्तका सीईओको राजीनामा स्वीकृत,कामु सीईओको जिम्मेवारी चापागाईलाई

2022-02-28
स्वावलम्बन लघुवित्तका सीईओको राजीनामा स्वीकृत,कामु सीईओको जिम्मेवारी चापागाईलाई

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उदय राज खतिवडाको राजीनामा स्वीकृत भएको छ । खतिवडाले गत फागुन १२ गते दिएको राजीनामा फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकलेले स्वीकृत गरेको हो । 

उनको राजीनामा फागुन १६ गतेदेखि लागू हुनेगरी स्वीकृत गर्रिएको हो । यस्तै फागुन १५ गते नै बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि गोबिन्द चापागाईलाई कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । चापागाई हाल संस्थाको वरिष्ठ नायब महाप्रबन्धकका रुपमा कार्यरत छन् । 


Share this with your friends: