काठमाण्डौ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारले ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले यस्तो बताएका हुन् ।
यसका साथै सरकारले आगामी आर्थिक वर्षसम्ममा सबै स्थानिय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने भएको छ ।
यस्तै आगामी आथिर्क वर्षसम्म न्यूनतम ५० प्रतिशत परिवारलाई बीमाको दायरामा ल्याइनेछ जनाइएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डको संस्थागत क्षमता अभिवृद्धि गरिने बताएका छन् । बीमा कार्यक्रमको दिगोपनका लागि वैकल्पीक वित्तीय स्रोतको व्यवस्था गरिने उल्लेख गरिएको छ ।