हकप्रदका लागि गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति?

2020-08-09
हकप्रदका लागि गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति?

काठमाण्डौ । शतप्रतिशत हकप्रद निष्कासन गर्न लागेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिहीबार सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शतप्रतिशत हकप्रद सेयरका लागि गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता ४७० रुपैयाँ कायम गरिएको छ। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ। 

हकप्रद निष्कासनका लागि कम्पनीले आज बिहीबार एक दिनका लागि बुक क्लोज गरेको छ। यसको मतलब हिजो बुधबार (फागुन २१ गते) सम्म कायम सेयरधनीहरुमात्र हकप्रद खरिदका लागि योग्य हुनेछन्।

कम्पनीको नवौँ वार्षिक साधारणसभाले १ः१ अनुपातमा प्रतिकित्ता १०० अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद निष्कासन गर्ने निर्णय पारित गरेको थियो। 

हाल कम्पनीको चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको थियो। हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ८७ करोड ७० लाख २० हजार रुपैयाँ पुग्नेछ। 


Share this with your friends: