हकप्रद निष्कासनका लागि शिखर इन्स्योरेन्सद्वारा बुक क्लोजको मिति तय

2022-01-27
हकप्रद निष्कासनका लागि शिखर इन्स्योरेन्सद्वारा बुक क्लोजको मिति तय

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी माघ २१ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो । 

यसर्थ माघ २० गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले १०ः३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । 

कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत माघ ६ गते हकप्रद सेयर निष्कासनको अनुमति पाएको थियो । 


Share this with your friends: