हिम पवर्त हाइड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान

2022-05-23
हिम पवर्त हाइड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । हिम पवर्त हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गते बधबारका दिन कम्पनीको विशेष साधारण सभा डाकेको हो ।

उक्त बैठक काठमाण्डौ महानगरपालिका ११ मा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजे आयोजना हुनेछ । 

उक्त सभामा कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै प्रबन्धपत्रको दफा ६ को घ मा संशोधन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ ।   


Share this with your friends: