२०७७ सालमा सबै निर्जीवन बीमा कम्पनीको प्रतिफल १००% माथि, कुनको कति ?

2021-04-14
२०७७ सालमा सबै निर्जीवन बीमा कम्पनीको प्रतिफल १००% माथि, कुनको कति ?

काठमाण्डौ । गत वर्ष सबै निर्जीवन बीमा कम्पनीहरुले १०० प्रतिशतमाथिको प्रतिफल दिएका छन्।

गत वर्ष उच्च प्रतिफल दिने कम्पनीको सूचीमा आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। कम्पनीले गत एक वर्षको अवधिमा २६८.६२ प्रतिशतको प्रतिफल दिएको छ। वर्षको सुरुवातमा प्रतिकित्ता ३४१ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य वर्षको अन्तिम कारोबार दिन आईपुग्दा प्रतिकित्ता १२५७ रुपैयाँ कायम भएको छ। यसैगरी सबैभन्दा धेरै प्रतिफल दिने कम्पनीको सूचीमा नेको इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। यो कम्पनीले एक वर्षको अवधिमा २५३.५० प्रतिशतको प्रतिफल दिएको छ। वर्षको सुरुवातमा प्रतिकित्ता ४७१ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता १६६५ रुपैयाँको उचाईमा पुगेको छ। 

यस्तै तेस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य २०४.४२ प्रतिशतले बढेको छ। प्रतिकित्ता ५६५ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य एक वर्षको अवधिमा प्रतिकित्ता १७२० रुपैयाँ कायम भएको छ। वर्षको सुरुवातमा प्रतिकित्ता ४४७ रुपैयाँ रहेको सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य एक वर्षको अवधिमा १८१.८८ प्रतिशतले बढ्दै प्रतिकित्ता १२६० रुपैयाँ कायम भएको छ। 

यो अवधिमा अजोड इन्स्योरेन्सका लगानीकर्ताले १८१.२५ प्रतिशतको प्रतिफल प्राप्त गरेका छन्। एक वर्षको अवधिमो यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३२० रुपैयाँबाट प्रतिकित्ता ९०० रुपैयाँ पुगेको छ। 

यसैगरी प्रभु इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ३५० रुपैयाँबाट बढेर प्रतिकित्ता ९६९ रुपैयाँ कायम भएको छ। यसरी एक वर्षको अवधिमा यो कम्पनीको सेयरमूल्य १७६.८६ प्रतिशतले वृद्धि भएको छ। 

प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले यो एक वर्षको अवधिमा १६८.१२५ प्रतिशतको प्रतिफल प्राप्त गरेका छन्। एक वर्षमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४८० रुपैयाँबाट १२८७ रुपैयाँको उचाईमा पुगेको छ। 

यस्तै यो अवधिमा नेपाल इन्स्योरेन्सको सेयरमूल्य १४८.९६ प्रतिशत, हिमालयन जनरलको १४७.६०, एभरेष्ठ इन्स्योरेन्स १३५.२६, शिखर इन्स्योरेन्सको १३४.१५, सानिमा जनरल १३३.०४, प्रुडेन्सियल इन्स्योरेन्स १२५.५०, एनएलजी इन्स्योरेन्स १२४.५२, जनरल इन्स्योरेन्स १२१.१९, लुम्बिनी जनरल इन्स्योरेन्स ११६.१० र राष्ट्रिय बीमा संस्थानको सेयरमूल्य ११४.४० प्रतिशतले वृद्धि भएको छ।     

 


Share this with your friends: