प्रुडेन्सियल इन्स्योरेन्सको सेयर संरचना परिवर्तन, ९ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

2021-08-06
प्रुडेन्सियल इन्स्योरेन्सको सेयर संरचना परिवर्तन, ९ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको ९ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको छ। कम्पनीको ९ लाख ९७ हजार ६९१.९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो। 

सेयर संरचना परिवर्तनपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ।     

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रबन्धपत्रमा संस्थापक तथा सर्वसाधारण समूहको सेयर स्वामित्व ६०ः४० प्रतिशत कायम रहेकोमा कम्पनीको १९ औँ वार्षिक साधारण सभाबाट उक्त अनुपात ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पारित भएको थियो । उक्त प्रस्तावका विषयमा बीमा समिति समक्ष राय सुझावका लागि पेश गरिएकोमा समितिले संस्थापक समूहको ६० प्रतिशतबाट ५१ प्रतिशत कायम गर्न स्वीकृती प्रदान गरेको थियो । 


Share this with your friends: