प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्ष पदमा विशाल अग्रवाल चयन

2020-09-15
प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्ष पदमा विशाल अग्रवाल चयन

काठमाण्डौ ।  प्रुडेन्सियल इन्स्योरेन्सको हालै सम्पन्न भएको १८ वार्षिक साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा विशाल अग्रवाललाई सर्वसम्मत मतले निर्वाचित गरेको छ।  कम्पनीको २०८ औँ संचालक समितिको बैंठकले अग्रवाललाई ४ वर्षका लागि अध्यक्ष पदमा पदमा चयन गरेको हो।  

कम्पनीको भदौ २६ गते होटल ईच्छा प्रा लि, सिमरा,बारामा सम्पन्न १८ औँ वार्षिक साधारण सभाबाट विशाल अग्रवालसहित संस्थापक समूह अन्र्तगत अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्क्षे पनि सञ्चालक पदमा निर्वाचित भएको कम्पनीले जनाएको छ।     

 


Share this with your friends: