एचआईडीसीएलले ३.३० करोड कित्ता अवितरित हकप्रद सेयर पुनःलिलामीमा राख्ने

2022-02-03
एचआईडीसीएलले ३.३० करोड कित्ता अवितरित हकप्रद सेयर पुनःलिलामीमा राख्ने

काठमाण्डौ । हाइड्रो इलेक्ट्रिसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले   संस्थागत समूहतर्फको अवितरित हकप्रद सेयर पुनःलिलामीमा राख्ने भएको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले संस्थागत समूहतर्फको ३ करोड ३० लाख कित्ता अवितरित हकप्रद सेयर पुनःलिलामी प्रक्रियामार्फत बिक्री गर्ने निर्णय गरेको हो । 

लिलामी बढाबढ सम्बन्धी सूचना पछि प्रकाशन गरिने कम्पनीले जनाएको छ । 

कम्पनीले गत असोज ७ गतेदेखि गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेकोमा बिक्री नभएको संस्थागत समूहतर्फको ३ करोड ३० लाख र सर्वसाधारण समूहतर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राखेको थियो । 

 


Share this with your friends: