प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

2022-02-08
प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको गत माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।

बैठकले आ.व २०७७/७८ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांस गरी कुल ७.३६८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँको ७ प्रतिशतले हुन आउने ७ करोड ७५ लाख ९८ हजार २५९ रुपैयाँ बराबरको बोनस सेयर र ०.३६८ प्रतिशतले हुन आउने ४० लाख ८४ हजार ११९ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।  


Share this with your friends: