बोलपत्रवालाहरुको गोप्य बोलपत्र शिलबन्दी फिर्ता गर्दै एचआईडीसीएल

2022-03-18
बोलपत्रवालाहरुको गोप्य बोलपत्र शिलबन्दी फिर्ता गर्दै एचआईडीसीएल

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले अवितरित हकप्रद सेयरको लिलामीमार्फत संकलित बोलपत्रवालाहरुको गोप्य बोलपत्र शिलबन्दी फिर्ता गर्ने भएको छ । 

कम्पनीले गत फागुन १ गतेदेखि १५ गतेसम्म अवितरित हकप्रद सेयर लिलामीमा राखेको थियो । तर नेपाल धितोपत्र बोर्डले गत फागुन १२ गते अर्को सूचना प्रकाशित नभएसम्मका लागि लिलामी प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो । 

बोर्डको निर्देशनपछि लिलामी प्रक्रिया स्थगित गरिएकोमा धितोपत्र बोड पुनःकम्पनीलाई पत्र लेख्दै हाललाई सो अवधिभित्र आवेदकहरुको संकलित रकम फिर्ता गर्न सकिने जनाएको थियो । बोर्डको पत्रबमोजिम कम्पनीले आज(चैत ४ गते)देखि आवेदकहरुको शिलबन्दी बोलपत्र फिर्ता गर्न लागेको जनाएको छ । 

यसका लागि आवेदकहरुले आफुले बोलपत्र बुझाएको संकलन केन्द्रहरुमा स्वयम उपस्थित हुन आग्रह गरेको छ । 

शिलबन्दी बोलपत्र फिर्ताका लागि कम्पनीले तोकेको ढाँचामा निवेदन दिनुपर्नेछ । यसरी निवेदन दिदाँ बोलपत्र दर्ताको सक्कल दर्ता रसिद र नागरिकता वा आफ्नो परिचय खुल्ने कागजातको प्रतिलिपी अनिवार्य रुपमा पेस गर्नुपर्नेछ । 

 


Share this with your friends: