एचआईडीसीएलले असार ५ गतेदेखि ३.३० करोड कित्ता सेयर लिलामीमा राख्ने

2022-06-10
एचआईडीसीएलले असार ५ गतेदेखि ३.३० करोड कित्ता सेयर लिलामीमा राख्ने

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले आगामी असार ५ गतेदेखि संस्थागत समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद सेयर लिलामीमा राख्न लागेको हो । 

कम्पनीले वि.स २०७८ साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेकोमा बिक्री नभएको संस्थागत समूहतर्फको ३ करोड ३० लाख अवितरित हकप्रद सेयर लिलामीमा राख्न लागेको हो । 

यो लिलामीमा सेयर खरिदका लागि जो कोहि व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । 

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलपत्र आवेदन पेस गर्नुपर्नेछ र अधितममा भने सेयर खरिदका लागि कुनै हद लाग्ने छैन । 

इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाण्डौ, ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु, विर्तामोड, हनुमानदास रोड विराटववनगर, जनकपुर, आदर्शनगर विरगंज, हेटौडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, घोराहि दाङ, धनगढी र महेन्द्रनगरबाट बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । 

यो लिलामी सेयरको बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले आगामी असार १९ गतेसम्म बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।  


Share this with your friends: