बोर्डद्वारा प्रभु लाइफलाई ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति

2020-11-27
बोर्डद्वारा प्रभु लाइफलाई ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएको कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको हो। 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको हो। आईपीओे निष्कासनको अनुमति पाएको कम्पनीले कुल चुक्तापुँजि २ अर्बको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर आईपीओ निष्कासन गर्नेछ। 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफको यो आईपीओलाई औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्रदान गरेको छ ।

 


Share this with your friends: