स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा दारुवाला नियुक्त

2021-01-10
स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा दारुवाला नियुक्त

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरीन दारुवाला नियुक्त भएकी   छन्। बैंकको सन् २०२१ जनवरी ८ मा बसेको सञ्चालक समितिको ४०७ औँ  बैठकले उनलाई जनवरी ९ देखि लागू हुने गरी बैंकको अध्यक्षमा नियुक्त गरेको हो। 

निवर्तमान अध्यक्ष जितेन्द्र अरोराको स्थानमा स्ट्याण्डर्ड चाटर्ड बैंक भारतकी सीईओ जरीन दारुवालालाई नियुक्त गरिएको बैंकले जनाएको छ। बैंकको संस्थापक सेयरधनी, स्ट्याण्डर्ड चाटर्ड बैंक, बेलायतले दारुवालालाई नेपालका लागि बैंकको सञ्चालक समितिको अध्यक्षमा मनोनयन गरेको थियो। 

 


Share this with your friends: