नेप्सेद्वारा नेपाल लाइफको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति कायम ?

2021-01-27
नेप्सेद्वारा नेपाल लाइफको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति कायम ?

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आ.व २०७५÷७६ का लागि प्रस्ताव गरेको ३१ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१९२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको प्रतिकित्ता सेयरमूल्य २८७२ रुपैयाँ थियो। 
नेपाल लाइफले आ.व २०७५÷७६ का लागि ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस गरी कुल ५१ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ।

कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजीको ३१ प्रतिशतले हुन आउने १ करोड ७० लाख ३८ हजार ०९८.५१ कित्ता बोनस सेयर र २० प्रतिशतले हुन आउने १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७१९ रुपैयाँ बराबरको नगद लाभांस (कर प्रयोजनका लागि समेत) रहेका छन्। 

 


Share this with your friends: