नेप्सेद्वारा राष्ट्रिय बीमा संस्थानको सेयर कारोबार फुकुवा

2021-03-15
नेप्सेद्वारा राष्ट्रिय बीमा संस्थानको सेयर कारोबार फुकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले राष्ट्रिय बीमा संस्थानको कारोबार फुकुवा गरेको छ। नेप्सेले आज(चैत २ गते)देखि लागू हुने गरी संस्थानको कारोबार फुकुवा गरेको हो। 

निर्धारित समयमा वित्तीय विवरणहरु पेश नगरेको भन्दै यसअघि नेप्सेले माघ १८ गतेदेखि संस्थानको दोस्रो बजार कारोबार रोक्का गरेको थियो। त्यसपश्चात कम्पनीले माघ २८ गतेको पत्रमार्फत वित्तीय विवरण पठाउन केहि ढिला भएको र कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण गर्न करिव २ महिना लाग्ने व्यहोराको पत्र नेप्सेमा पेश गरेको थियो। 

कम्पनीले गत फागुन १९ गतेको पत्रमार्फत पुनः आर्थिक वर्ष २०७५/७६ को अरिष्कृत वित्तीय विवरणहरु नेप्सेको कम्पनी लगइनबाट वार्षिक वित्तीय विवरणहरु अपलोड गरी अबका दिनमा माग भए बमोजिमका वित्तीय विवरणहरु पठाइने प्रतिवद्धता गरी रोक्का राखिएको दोस्रो बजार कारोबार पूर्ववत अवस्थामा सञ्चालन गरिदिन आग्रह गरेको थियो। 

 


Share this with your friends: